Sunday, February 13, 2011

म जुन र सुनका किरण

- "क्षितिजको मित्र'' प्रकाश धमला
भू ने - अस्ट्रेलिया
म सानो छदाँ
मेरी हजुर आमाले
………..माथि देउकी माता भनेर जुन देखाउनु हुन्थ्यो
म रोइरहेपनि चुपचाप रहन्थें
मेरी कर्कश पनि ठप्प हुन्थ्यो
त्यही समयदेखि हुनुपर्छ सायद
जुनलाई शालिन र विनयशील ठानिरहें
शालिनता र विनयशीलता आमामा हुनुपर्छ भनिरहें
हो मैले
जुनलाई आमा मानिरहें
थाहा छ,म आमालाई शान्ति मानिरहन्छु
तर,आजकाल, राँके जुलुस बोकेर
असंख्य ताराहरु जुनसमिप जादै गरेको समाचार
म डराइरहेछु
म अत्तालिरहेछु
म बेहोस हुन खोजिरहेछु
कतै मेरो बाल्यकालको
एक जोडी वरपीपल त ढल्ने होइनन् -
अहिले,म रोएको रात,जुन पूर्णिमा भएर आउन सक्दिनन्
म थाकेको रात
शीतलता बनेर छाउन सक्दिनन्
नाङ्गो सडकमा निदाएको रात
प्रिय जुन धुवाँ चिरेर आउन सक्दिनन्
त्यसैले,म हरेक सन्ध्याहरुमा
सुनका किरणहरु बटुलेर
हरेक मध्यरातहरुमा आँखाका ज्योति बटुलेर
जुनलाई समर्पण गर्ने पक्षमा छु ।।

No comments:

Post a Comment