Sunday, February 13, 2011

खण्डित समय र भूगोलहरु

भूगोल गोलाकार छ
भूगोल प्रतिक्षारत छ, युगौं-युग देखि नविन बिहानीको
भूगोल चाहन्छ wordsworth को सुन्दर बिहानी
तर
त्यो बिहानी समीरसंगै
पातलाई किरणले टेकी मेरो समीप आयो
त्यो बिहानी एक टुक्रा बादलरहित
मेरो आँखामा पेसिफिक महासागर बगाउँदै आयो
वास्तवमा मेरो छाति चिहान बनाउन आयो
उता
स्वाधीनताको बिहानीलाई पोल्टामा लुकाएर
शक्तिशालीहरुले अधिकार, आजाद र इन्कलाववादलाई
घोडा बनाउदै तबेलामा पो बाँधेछन्
शक्तिहिन कोपिलाहरु सपनाको अतीत,सपनाको वर्तामान र
विपनाको सुनौलो भविष्य बाँच्न के चाहेथे
राता-रात सारिए छन्, चर्कैन्दै गएको गमला तर्फ
केवल, बाल्कोनी सजाउने नाममा
कोपिलाहरु फुलिरहे निरन्तर
कोपिलाहरु फक्रिरहे निरन्तर
अनि अनवारत झरिरहे
निराशाको पासोले गला रेट्दै
त्यही बूढो गमलामा
एक विहानी
मेरो राष्ट्रिय झण्डोत्तलन आकारमा
कोपिलाहरु फुल्दै थिए
म समीप गएर प्रश्न गर्छुः किन नफक्रिएको ?”एक कोपिला हत्तोसाहित हुँदै बोल्यो
हाम्रा सन्ततिहरु हामी जस्तो नबाँचुन्त्यसपछि
मैले कहिले कोपिलाहरु फुलेको, फक्रेको र
झरेको देखिन ती नमुना गाँउहरुमा ।

No comments:

Post a Comment