Gazal

गज़ल

क्षितिजको मित्र प्रकाश धमला
एदिलैदे अस्ट्रेलिया


तिम्रो तस्बीर  सिरानीमा दिनहुँ हाली निदाउँछु
सपनीमा सधैँ भेट्ने आशा पाली निदाउँछु
तिमी हाँस्छौ तिमी रम्छौ प्रभात जति तिम्रै हुन्
आफू भने प्रत्येक सन्ध्या मुटु टाली निदाउँछु
पराई हुन बिर्से भन्यौ, टाढा हुन भुले भन्यौ
म भने तिम्रो नामको दियो बाली निदाउँछु
चिठी पत्र जलाइदेऊ, मेरो प्रेम खरानी भयो
तिम्रै निम्ति मेरो सारा जीवन फाली निदाउँछु

__________________________________



गज़ल

क्षितिजको मित्र प्रकाश धमला
एदिलैदे अस्ट्रेलिया

गाउलेहरु बिन्ति गर्छन नुनको कथा लेखिदेउन
मन्दिरमा ढले भक्त खुनको कथा लेखिदेउन

धेरै भयो वारी पारि गर्दै हामी फर्किएको
आमाको सके एकलास धुनको कथा लेखिदेउन

बाबा आउदा भाई आयो वहिनीपनि साथै आइन
घरकी ज्योति अस्ताईछिन् जुनको लेखिदेउन

छाक टार्न धौ-धौ पर्छ सुदुर भाई भन्छन
धानगौहु कोदोमा घुन को कथा लेखिदेउन